राजनीति

९ दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आज चीन जाँदै

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन्। ९ दिने भ्रमणका लागि जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठ अहिले बिहान १०ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा श्रेष्ठ औपचारिक चीन भ्रमण जान लागेका हुन्। उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८० ०८:४२ आइतबार

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण चिनियाँ विदेशमन्त्री वाङ यी