राजनीति

‘दलीय नायक वरपर नै कतिविधी भ्रष्टाचार !’

पूर्व सभामुख दमननाथ ढुंगानाले ‘राजनीति नै अपराधिकरण हुन लागेजस्तो’  टिप्पणी गर्दै चिन्ता व्यक्त गरेका छन्।

खुला राजनीतिमा निष्क्रिय भूमिकामा रहेका ढुंगानाले शुक्रबार ट्विटर (एक्स) मार्फत अभिव्यक्ति सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका हुन्।

‘क्रान्तिकारीहरू सत्तामा पुगेपछि सर्वप्रथम आफ्नै  एजेन्डा मुर्मुरी चपाउँछन्, भनिन्छ,’ ढुंगानाले लेखेका छन्, ‘साँच्चै त्यस्तै हुन लागेको त हैन हाम्रो देशमा ? दलीय नायक वरपर नै ओहो कतिविधी भ्रष्टाचार मौलाएको ! मानौँ, समुचा राजनीति नै अपराधिकरण हुन लागे जस्तो !’

प्रकाशित: ९ चैत्र २०८० १४:४४ शुक्रबार

पूर्व सभामुख दमननाथ ढुंगाना