राजनीति

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।

संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्। जसको जवाफ प्रधानमन्त्रीले दिनेछन्।

प्रकाशित: ६ चैत्र २०८० ०८:३४ मंगलबार

प्रतिनिधि सभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रश्नोत्तर कार्यक्रम