राजनीति

संसद अवरोध सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामः काँग्रेस

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छिन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीबिरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताइन्।

उनले संसद अवरोधलाई सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताइन्। काँग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको बताइन्। भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरु सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरुलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।  

प्रकाशित: २ चैत्र २०८० १७:५६ शुक्रबार

नेपाली काँग्रेस