राजनीति

कांग्रेस लक्षित स्वर्णिमको प्रश्न: गृहमन्त्रीमा खोजिएकाे नैतिकता प्रधानमन्त्रीमा किन खोजिएन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस लक्षित  गर्दै गृहमन्त्री हुँदा खोजिएको नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरेका छन्।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि। यहाँ डर छ भागिभागि हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिएर हिँड्नुपरेको छ । काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ। काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन।’

उनले काँग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए। उनले काँग्रेसलक्षित गर्दै च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् की भन्ने डरले हिँडिरहनुपरेको बताए।  

प्रकाशित: ३० फाल्गुन २०८० १३:५७ बुधबार

डा.स्वर्णिम वाग्ले