राजनीति

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन्। 

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। प्रधानमन्त्री दाहालले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए। उनले न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने बताए। 

प्रधानमन्त्री दाहालले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए। उनले पुनः गठनसँगै पुँजी बजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए। उनले मिटरब्याजी पीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको बताए।

उनले भने, ‘राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी एक ठाउँमा उभिनुपर्छ। सरकार गठनमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ। आज बेलुकासम्ममा सार्वजनिक पनि हुनेछ। त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ। सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछ । राजश्वको लक्ष्य पूरा गर्न, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउनेछ। सरकार पुनः गठनसँगै पुँजी बजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको छ। सोमवार मात्रै मिटरब्याजी पीडितसँग सहमति भएको छ। १० महिनादेखि लट्किएको आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको छ।’

प्रकाशित: ३० फाल्गुन २०८० १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App