प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले आफूलाई भिलेन बनाउन तिर जोड बल गरिरहेको आरोप लगाएका छन्।
‘तपाईँहरूको जोडबल मलाई भिलेन बनाउन तीर छ’, उनले बुधवार संसद्मा विश्वासको मत माग्दै भने। उनले नेपाली कांग्रेस भित्रका विचार समूहहरूको द्न्द सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताएका छन्। उनले यो वाक्य दुई पटक दोहोराएका थिए।
‘परिवर्तन सँगै कांग्रेस भित्रका आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु। प्रचण्डका कारणले कांग्रेस भित्र युद्ध विराम भएको छ। यसलाई शान्तिपूर्ण बनाउनुहोला म यसबाट खुसी हुनेछु’, प्रधानमन्त्री दाहालले भने।
उनले आफूलाई कांग्रेस भित्रको किचलोलाई ट्र्याकमा ल्याउन सकेकोमा खुसी भएको बताए।
प्रकाशित: ३० फाल्गुन २०८० ११:५९ बुधबार