राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नाउपाको ह्वीप

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने ह्वीप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका एक नेताले भने, 'पार्टी अध्यक्ष एवंम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले ह्वीप जारी गर्नुभएको छ। संसदीय दलको नेताले भनेको मान्नुपर्छ। हामी मतदानमा सहभागी हुन्छौं।'

सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर पार्टीमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद चलिरहेको छ। रेशम चौधरी सरकारमा सहभागी नहुँने पक्षमा छन् भने रञ्जिता श्रेष्ठ सरकारमा सहभागी हुने पक्षमा छिन्। 

प्रकाशित: २९ फाल्गुन २०८० १९:४३ मंगलबार

नागरिक उन्मुक्ति पार्टी