राजनीति

जसपा संसदीय दलको बैठक ४ बजे बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि प्रतिनिधि सभाबाट लिन लागेका विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वसको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ।

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसद्बाट विश्वाको मत लिने कार्यक्रम छ। रासस

प्रकाशित: २९ फाल्गुन २०८० १३:१२ मंगलबार

जनता समाजवादी पार्टी संसदीय दल संसदीय दलको बैठक