राजनीति

कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्न लागेको छ। सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका हुन्।

दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २९ फाल्गुन २०८० ०८:५९ मंगलबार

नेपाली कांग्रेस पदाधिकारी पूर्व पदाधिकारी बैठक शेरबहादुर देउवा