राजनीति

अध्यक्ष श्रेष्ठबिना नै नागरिक उन्मुक्तिको बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठक अध्यक्षको अनुपस्थितिमै बस्ने तयारी भइरहेको छ।

अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अनुपस्थितिमै बैठक बस्न लागेको हो। उनी अस्वस्थ भएको भन्दै काठमाडौँ मै रहेकी छन्।

पार्टीको उपाध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा बैठक बस्न लागेको स्रोतले जनाएको छ। बैठकमा २१ सदस्य मध्य १५ जनाको उपस्थिति रहेको बताइएको छ।

बैठकले संघ र प्रदेशमा भइरहेको सत्ता गठबन्धनका बारेमा निर्णय गर्नेछ। सुदूरपश्चिम प्रदेश सरकारमा सो पार्टीका तीन मन्त्री र एक राज्यमन्त्री सहभागी भएका छन्। प्रदेश सभामा ७ सदस्य छन्।

पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन सहयोग गरेका छन् भने अध्यक्ष श्रेष्ठले मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिइरहेकी छन्। यही विषयमा चौधरी र श्रेष्ठ बिच विवाद देखिएको छ। उनीहरू श्रीमान् श्रीमती हुन्।

श्रेष्ठ अघिल्लो सरकारमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री थिइन। उनी कांग्रेस माओवादीबिचको गठबन्धन टुटे सङ्गै मन्त्रीबाट पदमुक्त भएकी हुन।

प्रकाशित: २८ फाल्गुन २०८० १८:१० सोमबार

नागरिक उन्मुक्ति पार्टी