राजनीति

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वत: सम्बोधन भएको बताए।

'सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु', प्रधानमन्त्री दाहालले भने, 'राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्। उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुन:गठनसँगै असान्दर्भिक भएको छ।'

प्रकाशित: २४ फाल्गुन २०८० १३:०९ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल