राजनीति

गृहमन्त्री रवि लामिछानेले सम्हाले कार्यभार

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले गृहमन्त्रीको कार्यभार सम्हालेका हुन्। 

उपप्रधानमन्त्री लामिछानेले फरक किसिमले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको सुनाए।

प्रकाशित: २३ फाल्गुन २०८० २१:१७ बुधबार