राजनीति

गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले गजुरीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आज बिहान रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री दाहालले दुःख व्यक्त गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले घटनाले आफूलाई दुखी तुल्याएको भन्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु।’

प्रकाशित: २३ फाल्गुन २०८० ०८:५५ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल दुर्घटना गजुरी