राजनीति

माधव नेपालको घरमा पुगे दाहाल र ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको बीचमै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। दाहाल र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन्।

सोमबार साँझ मात्र प्रधानमन्त्री दाहाल नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए।

नेपाली कांग्रेससंगको गठबन्धन तोडेर दाहाल एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन।

प्रकाशित: २२ फाल्गुन २०८० १८:५९ मंगलबार

अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल केपी शर्मा ओली