राजनीति

अन्य दललाई पनि सरकारमा सहभागी गराउने नयाँ गठबन्धनको सहमति

नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ।

नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरू दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन्।,' 

प्रकाशित: २१ फाल्गुन २०८० १७:५३ सोमबार

नयाँ गठबन्धन