राजनीति

नयाँ गठबन्धनको बैठक दिउँसो फेरि बस्ने

नयाँ गठबन्धनको बैठक आज नै फेरि बस्ने भएको छ। बैठक बालुवाटारमा साढे २ बजे फेरि बस्न लागेको हो।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्कमल दाहालले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ।  

प्रकाशित: २१ फाल्गुन २०८० १३:०७ सोमबार

गठबन्धन