राजनीति

प्रधानमन्त्री दाहाल शितल निवासमा

प्रधानमन्त्री पुष्प कमल दाहाल राष्ट्रपति भवन शितल निवास पुगेका छन्। उनी केहीबेर अघि मात्रै शितल निवास प्रवेश गरेका छन्।

नयाँ समीकरणबारे जानकारी दिन राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवासमा पुगेका छन्। प्रधानमन्त्री दाहालले विकसित राजनीतिक घटनाक्रमबारे राष्ट्रपति पौडेललाई जानकारी गराउने छन्।

नयाँ गठबन्धन बनाएसँगै  नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री दाहालले जानकारी गराएको स्रोतले जनाएको छ। बलुवाटारमा एमाले, रास्वपा र जसपाका नेताहरुसँग भेटघाट गरेपछि प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८० १२:२९ सोमबार

पुष्प कमल दाहाल राष्ट्रपति भवन शितल निवास राष्ट्रपति प्रधानमन्त्री