राजनीति

नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

आज बिहान बसेको पार्टीको आकस्मिक बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको पार्टीका सह प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार पछिल्लो समय राजनीतिक समीकरण फेरबदल हुन सक्ने सम्भावना प्रवल देखिएकाले उत्पन्न परिस्थितिमा के गर्ने भन्ने अधिकार सभापतिलाई दिइएको हो।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सोको अधिकार पनि सभापतिलाई दिइएको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८० ०९:३३ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी सम्भावित नयाँ राजनीतिक घटना अधिकार सभापति रवि लामिछाने मनिष झा