राजनीति

जसपाको कार्यकारिणी समितिको बैठक जारी

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक अहिले जारी छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।

उनका अनुसार राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति जुटेका कारण बन्न सक्ने नयाँ समीकरणको विषयमा पनि बैठकमा छलफल हुनेछ।

साथै महाधिवेशनलाई केन्द्रीत गरी पार्टी सदस्यहरूको सदस्यता नवीकरणको म्याद पनि आइतवार सकिएकाले त्यस विषयमा पनि छलफल हुन सक्ने सम्भावना रहेको छ।

बैठक बिहान ८ बजेदेखि जारी छ।

प्रकाशित: २१ फाल्गुन २०८० ०९:०८ सोमबार

जनता समाजवादी पार्टी कार्यकारिणी समिति पार्टी केन्द्रीय कार्यालय बालकुमारी बालकुमारी