राजनीति

चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन घटनाबारे पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत् उनले चितवनमा १४ वर्षीया बालिकाको मृत्यु भएको घटनाबारे छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताए।

घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई निर्देशन दिइसकेको पनि उनले बताए।

उनले लेखेका छन्, ‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

प्रकाशित: २० फाल्गुन २०८० ०८:१० आइतबार

बालिकाको मृत्यु पीडित चितवन पुष्पकमल दाहाल सरकार मृत्यु भएको घटना