राजनीति

गठबन्धन सरकारको निरन्तरता रहन्छ: देउवा

फाइल तस्बिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताएका छन्। 

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले अहिले गठबन्धनको सरकार रहेको र यो सरकाले निरन्तरता कायम रहने विश्वास व्यक्त गरेका हुन्।

उनले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताए। पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने उनको भनाइ छ। उनले भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान भएको पनि बताए।  

प्राकृतिक रुपमा सुन्दर, जैविक विविधताका लागि स्वच्छ वातावरण र पर्यटकमैत्री जनजीवन भएका कारणले चितवन पर्यापर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि पर्यटनको विकास भइरहेको हुँदा देशको मुख्य आर्थिक केन्द्रको रुमपा विकास भइहरेको उनले बताए। उनले कोरोना र हाल विश्वमा चलिरहेको युद्धका कारणले देशको अर्थतन्त्रमा प्रभाव पारेको बेला पर्यटनको विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउने दाबी गरे।  

प्रकाशित: १८ फाल्गुन २०८० १८:२८ शुक्रबार

सभापति शेरबहादुर देउवा