राजनीति

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। 

साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० १२:०८ बुधबार

माओवादी केन्द्र राष्ट्रिय सभा अध्यक्ष केन्द्रीय कार्यालय पेरिसडाँडा