राजनीति

माओवादी केन्द्रको स्थानीय कमिटी बैठक जारी, अध्यक्ष दाहालले धारणा राख्ने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले जारी छ। बिहान ९ बजेबाट सुरु भएको बैठकमा कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ।

यसअघि, मङ्गलवार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेसलाई दिन नहुने मत राखेका थिए। त्यस्तै काँग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

यसैगरी माओवादी स्थायी कमिटी सदस्यहरूले काँग्रेस महासमितिमा प्रतिगमनलाई सघाउने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन्।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्नेछन्।

माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ।  

प्रकाशित: १६ फाल्गुन २०८० १०:१५ बुधबार

नेकपा माओवादी केन्द्र स्थायी कमिटी कार्यविभाजन नेपाली काँग्रेस पुष्पकमल दाहाल