राजनीति

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो।  

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरिायेस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसहरुले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव पारित भएको घोषणा गरेका हुन्।  

राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते सोमवार ११ बजे बस्नेछ। 

प्रकाशित: ११ फाल्गुन २०८० १७:२३ शुक्रबार

विधायन सम्बन्धी विधेयक