राजनीति

टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमँ प्रस्तुत गर्ने तयारीमा रहेको बताए। उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए। संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको उनले बताए।

उनले भने, ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ति महान शहीद र बेपत्ता योद्धाहरुलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ। तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले। खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरुको नाममा, उनीहरुको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छाँै। धेरैलाई थाहा होला। त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ। सदनमा प्रश्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ। त्यहाँबाट मिति तोकिन्छ। ५ दिन भित्रमा समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ।’

प्रकाशित: ११ फाल्गुन २०८० १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App