राजनीति

सरकार अलोकतान्त्रिक भयो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सकेनन्। दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति हो।’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। 

‘युवाहरू मरेका छन्। युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ। मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन ? मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने ?, गठबन्धन नै निर्लज्ज हुने ? , एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने ?  नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?’ उनले प्रश्न गरे।

अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए।

प्रकाशित: १० फाल्गुन २०८० १९:४९ बिहीबार