राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेश गरिने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै आजको राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत हुने कार्यसूची रहेको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

गत माघ १८ गते संसदमा दर्ता भएको यो विधेयकमा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने व्यवस्था छ।

प्रकाशित: १० फाल्गुन २०८० ०८:५८ बिहीबार

प्रतिनिधि सभा बैठक संसद भवन नयाँ बानेश्वर दोस्रो संशोधन राजनीतिक दल