राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज सकिँदै छ। मङ्गलवारबाट सुरु भएको बैठकमा आज समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत गरिने छ।

बैठकमा प्रस्तुत भएका सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने प्रचार विभाग प्रमुख गौतमले बताए।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए। ती कार्ययोजनाको छलफलमा भाग लिएका नेताहरुले पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए।

आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी गरेको एमालेले त्यसमा केन्द्रीय कमिटी सदस्यहरुको सुझाव लिन लागेको हो।

प्रकाशित: १० फाल्गुन २०८० ०७:५७ बिहीबार

नेकपा एमाले सातौं केन्द्रीय कमिटी छलफल सुझाव पार्टीको शुद्धीकरण