राजनीति

परराष्ट्रमन्त्री साउद आज भारत जाँदै

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज भारत तर्फ जाँदैछन्। बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन उनी अहिले बिहान १०ः ४० को विमानबाट नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

उनी नेपाल एउरलाइन्सको विमानबाट त्यसतर्फ जानेछन्।

मन्त्री साउदको यही फागुन ११ गते शुक्रवार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्ने कार्यतालिका छ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।

प्रकाशित: ९ फाल्गुन २०८० ०८:५४ बुधबार

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद भारत रायसिना संवाद