राजनीति

उपसभापति खड्काको नीति प्रस्ताव: जिम्मेवार नेपाली काँग्रेस, समुन्नत देश (पूर्णपाठ)

फाइल तस्बिर

नेपाली काँग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उपसभापति खड्काले काँग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए।

जिम्मेवार नेपाली काँग्रेस : समुन्नत देश नारा दिएर नेपाली काँग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए। 

उनले भने, 'मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा काँग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका बिचार र नीति निर्णायक रहँदै आएको छ।'

उनले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिए। 

यस्तो छ पूर्णपाठ:

प्रकाशित: ८ फाल्गुन २०८० १२:५० मंगलबार

उपसभापति पूर्णबहादुर खड्का