राजनीति

कांग्रेसले निर्वाचन नभएका, नेतृत्व परिवर्तन भएका र जनसम्पर्क समितिलाई महासमितिमा बोलायो

नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन नभएका वा सर्वसम्मत हुन नसकेका निर्वाचन क्षेत्र, नेतृत्व परिवर्तन भएका भातृ एवं शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिलाई महासमितिको बैठकमा सहभागी हुन बोलाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यी निर्णय गरेको हो।

बैठकले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुङ्गो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरेको हो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुङ्ग्याउने बताइएको छ।

यसैगरी केन्द्रीय १४ औ महाधिवेशन पश्चात् केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूका हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ। 

यसैगरी नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात् अधिवेशन सम्पन्न गरेका विदेश स्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय पनि गरेको छ। 

बैठकको निर्णय अनुसार महासमिति बैठकमा आमन्त्रित गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू यस प्रकार

१. बारा क्षेत्र नं ३

२. पर्सा क्षेत्र नं १

३. सोलुखुम्बु

४. खोटाङ्ग

५. धादिङ्ग क्षेत्र नं  १

६. दोलखा

७. ओखलढुङ्गा

८. काठमाण्डौ क्षेत्र नं ५

९. दाङ्ग क्षेत्र नं ३

१०. कञ्चनपुर क्षेत्र नं १

११. बाग्लुङ्ग क्षेत्र नं २

१२. सिन्धुली क्षेत्र नं २

यसैगरी महासमिति बैठकमा सहभागी हुन पाउने भातृ र शुभेच्छुक संस्थाहरू यसप्रकार छन्:

१. नेपाल विद्यार्थी संघ

२. नेपाल महिला संघ

३. नेपाल तरुण दल

४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ

५. नेपाल लोकतान्त्रिक खेलकूल संघ

६. नेपाल किसान महासंघ

७. नेपाल थारु संघ

८. राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ

९. नेपाल प्रजातन्त्र सेनानी संघ

१०. नेपाल दलित संघ

११. नेपाल भूतपूर्व सैनिक संघ

१२. नेपाल मुस्लिम संघ

शुभेच्छुक संस्थाहरू

१. नेपाल ट्रेड यूनियन कांग्रेस

२. नेपाल शिक्षक संघ

३. नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन

४. सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल

५. प्रजातन्त्रवादी चिकित्सक संघ

६. नेपाल प्रेस यूनियन

प्रकाशित: ८ फाल्गुन २०८० १०:४५ मंगलबार

नेपाली काँग्रेस महासमिति बैठक आमन्त्रित सदस्य सङ्घीय निर्वाचन क्षेत्र सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ