राजनीति

प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना

सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

सभामुख घिमिरले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्ने आम विश्वास रहेको बताए।

‘नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको छ, पटक–पटक संविधान बदल्लै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ’, उनको शुभकामना सन्देशमा भनिएको छ।

सभामुख घिमिरले यस ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण अर्पण समेत गरेका छन्। रासस

प्रकाशित: ७ फाल्गुन २०८० ११:३६ सोमबार

सभामुख देवराज घिमिरे प्रजातन्त्र दिवस स्वतन्त्रताको अभ्यास समृद्धि राष्ट्रिय प्रजातन्त्र दिवस