राजनीति

त्रिवि उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले सो निर्देशन दिएको हो। सर्ट लिस्टमा परेकामध्ये बौद्धिक चोरीको आरोप लागेका पूर्व उपकुलपति तीर्थ खनिया, भ्रष्टाचार मुद्दामा मुछिएका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल र सूचना लुकाएको आरोपित हालका उपकुलपति शिवलाल भुसाल विवादित भएकाले उनीहरूलाई ध्यानमा राखेर समितिले निर्देशन दिएको हो।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई नेतृत्वमा गठित सिफारिस समितिले ४३ जनामध्ये १४ जनाको नाम सर्ट लिस्ट गरेको छ।

प्रकाशित: २९ माघ २०८० १६:०६ सोमबार

त्रिभुवन विश्वविद्यालय उपकुलपति