राजनीति

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

स्थानीय व्यवस्थापन उपसमितिमा मनोनीत हुनेहरूमा गोविन्द पुडासैनी काठमाडौँ, सुशील बस्नेत भक्तपुर, वशिष्ठकुमार अधिकारी ललितपुर,  ईन्द्रबहादुर थापा काठमाडौँ, राजेश खड्का भक्तपुर, लक्ष्मी महर्जन ललितपुर, यादवप्रसाद अधिकारी भक्तपुर, रोमेल श्रेष्ठ काठमाडौँ, सुन्दरमान थिङ्ग ललितपुर र शुभानन् रत्न धाख्वा ललितपुर रहेका छन्।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको हो।

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ। बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुने बताइएको छ।

प्रकाशित: २९ माघ २०८० ०८:२५ सोमबार

नेपाली काँग्रेस गोदावरी महासमिति बैठक उपसमिति स्थानीय व्यवस्थापन उपसमिति