राजनीति

आलमको मुद्दाको सुनवाइ आज

राजपुर बम कान्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदैछ।

जिल्ला अदालत गौरका एक नम्बर न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासमा आलमको मुद्दामा सुनुवाइ हुने भएको छ।

यसअघि जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी स्थगित भएको थियो।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको छ।

सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित: २८ माघ २०८० ११:२४ आइतबार

राजपुर बम कान्ड मोहम्मद अफताब आलम मातृका प्रसाद आचार्य