राजनीति

उत्पादन बढी हुँदा दुध बिक्री भएन: मन्त्री भुसाल

कृषि मन्त्री डा.बेदुराम भुसालले नेपालमा बढी दुग्ध उत्पादन भएका कारण किसानको दुध बिक्री नभएको बताएका छन्। 

शुक्रबार(आज) भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले दुग्ध किसानको समस्या समाधान सरकार लागेको बताएका हुन्।

‘यो समय नेपालमा दुध बढी उत्पादन गर्ने समय हो। दुध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्छौँ। अहिले समस्या देखिएको दुध बढी भएर हो’, उनले भने ‘फागुन लागेपछि दुध बिक्री हुन्छ।’ 

उनले स्टकमा रहेको दुध बिक्री भएपछि किसानको बाँकी रहेको भुक्तानी प्रदान गरिने बताएका छन्। ‘फागुन लागेपछि स्टकको दुध विक्री हुन्छ। त्यसपछि किसानहरूले रकम पाउनुहुन्छ’, उनले भने ‘अहिले पनि केही रकम त पाइरहनु भएको छ।’ चितवनका किसानले तीन महिनादेखि दुधको रकम पाउन सकेका छैनन्। स्टकमा रहेको दुग्ध बिक्री नभएपछि चितवन मिल्क उद्योग बन्द समेत भएको छ। मन्त्री भुसाल चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटन गर्न आएका हुन्। 

प्रकाशित: २६ माघ २०८० १३:४० शुक्रबार