राजनीति

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ।

शुक्रबार दोस्रो दिनको वार्तामा सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको हो।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनस् नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति भएको छ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले बताएका हुन्।

प्रकाशित: २६ माघ २०८० १३:०९ शुक्रबार

पहिचान पक्षधर कोशी प्रदेश सरकार