राजनीति

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ। 

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा १६ अाै‌ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २५ माघ २०८० १०:०७ बिहीबार

संसदीय समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति दिगो विकास तथा सुशासन समिति