राजनीति

सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रस्तुत गर्नुपर्छः राजेन्द्र पाण्डे

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्।

संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धि विधेयक संसदको चालु अधिवेशनमा अघि बढाएर प्रदेश र स्थानीय सरकारको काममा तिब्रता दिनुपर्ने भएकाले सोही काममा आफूहरु अघि बढ्ने बताए। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदको चालु अधिवेशनमा सरकारले प्रि बजेट सम्बन्धि छलफल भएर बजेट निर्माणमा नयाँ परम्पराको शुरुवात गर्न लागेको पनि बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘यो अधिवेशनमा संघीयताको कार्यान्वयनलाई बल पु¥याउन सकिने गरी त्यस्ता विधेयकहरु प्रश्तुत हुन्। र विशेष गरी संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धि विधेयक पनि यस अधिवेशनमा अगाडि बढन सकोस भनेर म भन्न चाहन्छु। यो बजेट बनाउने हामो विगतदेखि लामो परम्परा छ। बजेट चाँही हामी सांसदहरुले पास गर्छौं। तर, त्यो बजेटमा के लेखिएको छ भन्ने चाहीँ हामीले थाहा पाउँदैनौं। बजेट पास गर्न सांसदको गन्नुपर्छ। सांसदले नै पास गर्छन्। तर, त्यो सांसदको भुमिका चाहीँ काही पनि छैन। गएको बजेट अधिवेशनमा हामीले धेरे छलफल गर्यौं र सम्माननीय प्रधानमन्त्रीले यही रोष्टमबाट अब म त्यो व्यवस्थालाई परिवर्तन गर्छु र सांसदहरुले राखेका कुरालाई म ध्यान दिएर जान सक्ने बनाउँछु भनेर बोल्नुभएको छ। र, मलाई लाग्छ–यस पटक हामी प्रि बजेट डिस्कशन भनेर हामी हिउँदे अधिवेशनमा नै छलफल गर्दैछौं। बजेट सेसनमा होइन। त्यसो हुनाले प्रि बजेट डिस्कशनको माध्यामबाट पनि यस पटक सांसदहरुले बजेट निर्माणमा प्रत्यक्ष भुमिका निभाउन पाउने सिस्टम बनाएर लैजान जरुरी छ। र पुरानो परम्परालाई हामी अन्त्य गर्नेछौं।’

प्रकाशित: २४ माघ २०८० १४:२६ बुधबार

राजेन्द्रप्रसाद पाण्डे