राजनीति

देशमा सञ्चालित सबै आयोजना बेहाल अवस्थामा छन्ः सांसद थापा

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संसद बैठकमा सहभागी हुँदै नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापाले देशभर सञ्चालित सबैजसो आयोजना बेहाल अवस्थामा रहेको बताएका छन्।

उनले सँधै कुनै न कुनै वाधा अवरोध उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठूला, साना, मझौला सबैजसो आयोजनाहरु बेहाल अवस्थामा रहेको बताए।

उनले कुनैपनि दल सरकारमा रहेको बेला समयमा आयोजना सम्पन्न गर्न नसक्नुको कारण के हो भनेर खोजीनिति गर्न नसक्नु विडम्बना रहेको बताए।

सांसद थापाले देशमा आयोजनाका जिम्मा लिएका ठेकेदारहरुले राम्रो काम गर्न नसक्ने तर, त्यहि ठेकेदार बाहिर विदेशमा राम्रोसँग काम गरिरहेको हुँदा त्यसतर्फ किन कसैको ध्यान र सोधिखोजी गर्न सकिएन भनेर प्रश्न पनि गरे।

प्रकाशित: २४ माघ २०८० ११:५६ बुधबार

प्रतिनिधि सभा बैठक संसद बैठक नेपाली काँग्रेस गगन थापा