राजनीति

रास्वपाको दबाब यात्रा आजदेखि, मेलम्चीबाट सुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट आफ्नो दबाब यात्रा सुरु गर्दैछ। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ।

रास्वपाले मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तरिकाले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोथजना समयमा पूरा नभएको भन्दै दबाब यात्रा गर्न लागेको हो।

आज बिहान १० बजे मेलम्ची नगरपालिका–११ स्थित आयोजनाको कार्यालयबाट दबाब यात्रा सुरु हुनेछ।

यात्राको नेतृत्त्व शोबिता गौतमले गर्नेछिन्। 

रास्वपाले पहिलो चरणको दबाब यात्रा आजबाट सुरु गर्ने र चैत २१ मा सकाउने छ। जस अन्तर्गत प्रत्येक प्रदेशका ३/३ आयोजनामा दबाब दिनेछ।

प्रकाशित: २१ माघ २०८० ०८:१७ आइतबार

रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी दबाब यात्रा मेलम्ची खानेपानी आयोजना