राजनीति

जसले कांग्रेसलाई जीवन दिए...!

बिपी कोइरालाले मुलुकमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि राजनीतिक दल गठन गर्न २००३ साल असोज १८ गते सार्वजनिक रूपमा आह्वान गरेपछि माघ १२ गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो।

त्यसपछि २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर अहिलेको नेपाली कांग्रेस बनेको हो। पार्टी स्थापनाको ७८ वर्षमा कांग्रेसले १४ वटा महाधिवेशन र १० वटा महासमिति बैठक गरेको छ। यसबीच केन्द्रीय समितिका विभिन्न बैठकबाट सयौं निर्णय कांग्रेसले गरेको छ।

मुलुकमा भएका सबै राजनीतिक परिवर्तनको अगुवाइ गरेको कांग्रेसका केही निर्णयले उसको पार्टी जीवनमा मात्र होइन, मुलुकको राजनीतिमा पनि परिवर्तन ल्याएको छ। राजनीतिक परिवर्तनका लागि अगुवाइ गरेको कांग्रेसले सत्तामा पुगेपछि भने जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि खेप्दै आएको छ।

कांग्रेसले गरेका केही निर्णयले मुलुकमा आधा दर्जन राजनीतिक परिवर्तन भएका छन्। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि मात्र १०४ वर्ष लामो राणाशासनको अन्त्य सम्भव भएको थियो । साथै २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भयो।  

प्रजातन्त्र स्थापनाका लागि हतियार उठाउनसम्म पछि नपरेको कांग्रेसले २०१२ सालमा समाजवादी नीति पारित गर्दै पूर्वसहमति अनुसार संविधानसभा निर्वाचनका लागि संघर्ष गर्ने निर्णय गर्‍यो। राणा, राजा र कांग्रेसबीच मुलुकमा प्रजातन्त्र स्थापनासँगै संविधानसभाको निर्वाचन गराउने सहमति भएको थियो। 

सहमति कार्यान्वयनमा आलटाल भएपछि कांग्रेसले संविधानसभा निर्वाचन गराउन दबाब दिन संघर्ष गर्ने निर्णय लिएको थियो। कांग्रेसल दबाब बढाएपछि तत्कालीन राजा महेन्द्र शाहले संविधानसभाको साटो संसद्का लागि आमनिर्वाचन गराउन तयार भए।

२०१४ सालमा कांग्रेसले आमनिर्वाचन स्वीकार गर्ने निर्णय लियो। २०१५ सालमा मुलुकमा पहिलोपटक संसद्का लागि आमनिर्वाचन भयो। निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत पाएपछि नेता बिपीको नेतृत्वमा सरकार गठन भयो।  

प्रधानमन्त्री बिपीले छोटो समयमै जनपक्षीय काम अघि बढाएपछि राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरे। त्यसविरुद्ध सशस्त्र संघर्ष गर्ने नीति कांग्रेसले लियो। बिपीसहितका नेतालाई जेल हालियो। आठ वर्ष जेल बसेपछि भारत निर्वासनमा गएका बिपीसहितका नेताहरू २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्के।

त्यसले राजामाथि दबाब प¥यो। २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न राजा बाध्य भए। परिणाम बहुदलवादीका पक्षमा नआए पनि त्यसले पञ्चायती व्यवस्थाविरुद्ध जनमत बढाउने काम भने ग¥यो।  

कांग्रेस नेता गणेशमान सिंहको निवासमा २०४६ सालमा भएको सम्मेलनले बामपन्थी र कांग्रेस मिलेर प्रजातन्त्र पुनस्र्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निष्कर्ष निकाल्यो। सिंहको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलनबाट ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो। देशमा बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भयो।

नेपाली कांग्रेस २०५९ सालमा फुटेसँगै तत्कालीन राजा ज्ञानेन्द्र शाहले फेरि प्रजातन्त्र लुटे। फुटेको कांग्रेस २०६४ सालमा जुट्यो। कांग्रेसले हिंसात्मक आन्दोलनमा उत्रिएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो। कांग्रेसकै नेतृत्वमा संविधानसभाको निर्वाचन भयो, मुलुकमा २४० वर्ष शासन गरेको राजतन्त्रको अन्त्य भयो।

संविधानसभा निर्वाचन भयो तर संविधान निर्माण हुन सकेन। पहिलो संविधानसभा संविधान बनाउन नसकी विघटन भयो। २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो। २०७२ सालमा कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो। संविधानतः मुलुकमा संघीय लोकतान्त्रिक समावेशी गणतन्त्र स्थापना भयो। कांग्रेस नेतृत्वकै सरकारले नयाँ सविधानअनुसार तीनै तहको निर्वाचन गरायो।

वर्तमान सभापति शेरबहादुर देउवासहितका सयौं नेता तथा कार्यकर्ता अहिले पनि कांग्रेसलाई बलियो बनाउन लागिपरेका छन्। राणा शासन अन्त्यदेखि संविधानसभाबाट संविधान बनाउनसम्म भएका आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको छ। कांग्रेसलाई ७८ वर्षको बनाउन कैयौंले बलिदानी दिएका छन्, हजारौंले पसिना बगाएका छन्।

अहिले पनि हजारौं नेता–कार्यकर्ता कांग्रेसलाई बलियो बनाउन निस्वार्थ सक्रिय छन्। विगतमा तुलसी गिरी, पर्शुनारायण चौधरीसहितका केही नेता कांग्रेसलाई धोका दिएर दरबार छिरे। अहिले पनि व्यक्तिगत स्वार्थसिद्धिका लागि कांग्रेसलाई उपयोग गर्ने प्रवृत्ति रोकिएको छैन। अहिले सत्ता-शक्तिको राप र तापमा रहेको कांग्रेस निर्माणमा योगदान गर्ने हजारौं नेता–कार्यकर्तामध्ये कैयौं दिवंगत भइसकेका छन्, जसलाई कांग्रेसजनले स्मरण गरिरहन्छन्।  

कांग्रेसलाई जीवन दिन जसले महत्वपूर्ण योगदान गरे

विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आर्चाय, कृष्णप्रसाद उपाध्याय भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, गोपालप्रसाद उपाध्याय भट्टराई, देवीप्रसाद सापकोटा, बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, देवव्रत परियार, डिएन प्रधान, लाक्पाछिरिङ शेर्पा, रुद्रप्रसाद गिरी, महेन्द्रविक्रम शाह, प्रेमबहादुर कंसाकार, राजेश्वरीप्रसाद उपाध्याय, चन्द्रवीर सिंह, महानन्द सापकोटा, पूर्णसिंह खवास, दिलबहादुर राई, लक्ष्मीदत्त उपाध्याय, बाबुलाल मोक्तान, सुन्दरराज चालिसे, महानन्द सापकोटा, लक्ष्मीदत्त उपाध्यायले कांग्रेस निर्माण र संगठन बिस्तारमा महŒवपूर्ण योगदान दिएका छन्।

त्यस्तै भीमभक्तमान सिंह बस्नेत, कामेश्वर, कुशेश्वर, राम, लक्ष्मण, लिला, ठगीराज, श्यामसुन्दर, भरत, खगेन्द्र, यज्ञबहादुर थापा, रजन गिरी, मंगालादेवी सिंह, प्रदीप गिरी, रामहरि जोशी, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का, चक्रप्रसाद बास्तोला, दिव्या कोइराला, इन्दीरा आचार्य, भीमबहादुर तामाङ, शिवबहादुर खड्का, सरोज कोइराला, रुद्रप्रसाद गिरी, भोलानाथ शर्मा, दयाशंकर मुन्सी, तारणीप्रसाद कोइराला, ठाकुरप्रसाद उपाध्याय, श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, कामिनी गिरी, वीरप्रसाद श्रेष्ठ, नलिनी उपाध्याय, शेख इद्रिस, डिबी परियार, राधाकृष्ण थारु, रामनारायण मिश्र, दुगानन्द झा, बोधप्रसाद कोइराला, मीना पाण्डे, नुना कोइरालाले पनि कांग्रेस संगठन बिस्तारमा योगदान दिएको इतिहासमा पाइन्छ।

यसैगरी जगन्नाथ भारती, कर्णदेव भारती, हरिलाल पन्त,कर्णबहादुर पन्त, शेर सिं, वासुदेव भारती, नैनसिंह गाहा, धनसिं ढेंगा, बहादुर बाह्रघरे, मकरसिं ढेंगा, चन्द्रवीर खाम्चा, श्रीलाल राना, दलवीर कामी, बलबहादुर थापा, तीलवीर तारम, तुलाराम थापा, दीपकबहादुर खत्री, खड्गबहादुर मगर, डम्बरसिं रास्कोटी, शेरबहादुर बुढा, गोकर्ण थापा, दीलबहादुर शाही, नन्दलाल थापा, हरिलाल थापा, साङ्गे शेर्पा, मानसिं बिक, खड्गबहादुर सारू, प्रेमदेव गिरी, एकेन्द्रदेव गिरी, चित्रबहादुर बुढा, इन्द्र बिसी, ब्रम्हदत्त तिवारी, कर्णबहादुर खत्री, लालवीर टमटा, हस्तबहादुर सार्की, न्याउले कामी, बहादुर लापने, भीमप्रसाद श्रेष्ठ, सिंहविक्रम रोकाया, लक्ष्मीनारायण न्यौपानेको पनि कांग्रेस निर्माणमा योगदान छ।

त्यस्तै फत्तेबहादुर बुढाथोकी, तेजमान तुम्बाहाम्फे, तेजप्रसाद रिजाल, प्रेमराज आङ्देम्बे, बलबहादुर राई, नौलख (भीम), डिबी याक्थुम्वा (ज्ञानप्रसाद), नारदमुनि थुलुङ, मुक्तिनाथ ओझा, तोलाराम चौधरी, मदन श्रेष्ठ, प्रेमलाल ओझा, जानकी ज्ञवाली, दिलीपसिंह मल्ल, कर्णबहादुर सिंह, गंगाधर जोशी, लक्ष्मीदत्त पन्त, रुद्रवीर मल्ल, बृखबहादुर सिंह, प्रयागराज जोशी, खेमराज जोशी, हीरालाल भण्डारी, चेतराज पन्थी, जनकलाल कर्मचार्य, सन्तलाल चौधरी, श्याम खतिवडा, एन्डिप्रकाश चटौत, भीमदत्त पन्त, शिवराज पन्त, नवराज जोशी, द्वारिकादेवी ठकुरानी, दुर्गादत्त जोशी, कृष्णलाल लेखक, दिलबहादुर बुढाथापा, लोकेन्द्रबहादुर शाहले पनि कांग्रेसलाई अघि बढाउन योगदान दिएको पाइन्छ।  

यसैगरी जवानसिंह गुरुङ, दण्डपाणी शर्मा, थानबहादुर सिंह, धनप्रसाद गुरुङ, जगन्नाथ आचार्य, काजीमान श्रेष्ठ, वेदप्रसाद गुरुङ, मीनबहादुर गुरुङ, श्रीभद्र शर्मा, गोबर्धन पोखरेल, पदबहादुर खाले, नारायणप्रसाद जोशी, भद्रकाली मिश्र, मीनबहादुर मल्ल, प्रेमबहादुर कुँवर, अमृतप्रसाद शेरचन, यामबहादुर खाण, करणा निधि, सर्वज्ञमान प्रधानाङ्ग, होमबहादुर थकाली, मार्शलजुलुम शाक्य, श्यामलाल श्रेष्ठ, दामन पाख्रिन, जगतप्रकाशजगं शाह, चन्द्रलाल श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, रोहिणीराज सिग्देल, सप्तलाल ताम्राकार, गोपलादास वादे, श्रीराम कर्माचार्य र काशीनाथ गौतमकाे अथक याेगदान  छ।

यसैगरी नीलाम्बर पन्थी, भागवत ज्ञवाली, प्रेमनाथ अर्याल, सूर्यप्रसाद प्रधान, देवमान आङदेम्बे, सूर्यनाथदास यादव, ललित चन्द, जवानसिंह गुरुङ, योगेन्द्रमान शेरचन, नेबबहादुर मल्ल, शिवपतिप्रताप शाह, जमानसिंह राई, होराप्रसाद जोशी, त्रिवेणीप्रसाद प्रधान, भूदेव राई, देवानसिंह राई, कुलमान लिम्बु, चेतुलाल चौधरी, ज्ञानचन्द्र सरदार, अमबरसिंह क्षत्री, भागवत यादव, राधाकृष्ण कोठिया, नीरबहादुर पछाई, टेकबहादुर घर्ती, भरबहादुर मल्ल, श्रीकान्त अधिकारी, पुरुषोत्तम बस्नेतजस्ता हजारौं नेताहरूले कांग्रेसलाई स्थापनादेखि अहिलेसम्मको अवस्थासम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान दिएको दस्ताबेजहरूमा पाइन्छ।

प्रकाशित: १८ माघ २०८० ००:४८ बिहीबार

बिपी कोइराला नेपाली कांग्रेसको ७८औं स्थापना दिवस संस्थापक नेता नेतृत्व सत्ता शक्ति बलिदान त्याग संघर्ष प्रजातन्त्र नेपाल प्रजातन्त्र कांग्रेस नेपाली राष्ट्रिय कांग्रेस