राजनीति

सभामुखका लागि मनोनयन दर्ता आज

काठमाडौँ – संघीय संसदको सभामुखका लागि आज मनोनयन दर्ताकाे कार्यक्रम रहेकाे छ। शनिबार हुने सभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुन लागेको हो। 

संघीय संसदका महासचिवसमक्ष शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा जनाइएको छ। 

मतदान भोली दिउँसो १ बजे हुनेछ भने उम्मेद्वारको अन्तिम नामावली आजै दिउँसो साढे १ बजे  सार्वजनिक गरिने छ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:५१ शुक्रबार