प्रधानमन्त्री पुष्पकमल दाहाल आज विभिन्न छलफलमा व्यस्त हुने भएका छन्। उनी अहिले बिहान ९ बजेदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा छलफलमा सहभागी भइरहेका छन्।
सिनेट बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
यस्तै दिउँसो २ बजे उनको कार्यविस्तृतिकरण प्रतिवेदनको परिमार्जनका लागि उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।
उक्त छलफलमा प्रधानमन्त्रीसहित मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रिय सभा र प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरू, विषय विज्ञहरू लगायतको उपस्थिति रहने छ।
छलफल प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ।
प्रकाशित: १४ माघ २०८० ०३:५२ आइतबार