राजनीति

सरकारमा जाने फोरमको निर्णय

काठमाडौं – संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। मंगलबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो।

‘संविधान संशोधन र हामीले उठाएका मधेसका मुद्दा सम्बोधन हुनेगरी एमाले र माओवादी केन्द्र सहमतिका लागि तयार भएपछि सरकारमा जाने औपचारिक निर्णय गरेका छौं’, फोरम महासचिव रामसहाय यादवले भने– ‘सरकारमा बसेर मधेसको मुद्दा सम्बोधन गराउँछौं।’ 

यद्यपी सरकारमा जाने निर्णय गरेपनि वाम गठबन्धनसँग सहमति भइसकेको छैन्। एमाले, माओवादी र फोरमबीच विभिन्न चरणमा वार्ता भइसकेको छ। अब लिखित सम्झौताको तयारी भइरहेको र त्यसपछि फोरम सरकारमा सहभागी हुने नेताहरु बताउँछन्।

पार्टीको औपचारिक निर्णयले फोरमलाई जुनसुकै बेला पनि सरकारमा जान बाटो खुलेको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १५:३३ मंगलबार

सरकारमा जाने फोरमको निर्णय