राजनीति

कांग्रेसले गर्‍यो उपाध्याय र थपलियालाई सम्मान

नेपाली कांग्रेसले योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ।

पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्धयलाई शुक्रबार पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा गरेको हो।

सभापति शेरबहादुर देउवाले उपाध्याय र थपलियालाई सम्मान गरे। उनीहरूले कांग्रेस र मुलुकमा प्रजातन्त्र स्थापनासहितका आन्दोलनमा पु¥याएको योगदानको कांग्रेसले संधै सम्मान गर्ने देउवाले बताए।

कांग्रेसले २००३ माघ १२ गतेलाई पार्टी स्थापनाको दिन मान्दै आएको छ। सोही अनुसार उसले आज विभिन्न कार्यक्रम गरिरहेको छ।

प्रकाशित: १२ माघ २०८० १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App