राजनीति

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन  नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

बैठकमा सरकार विस्तार लगायत अन्य राजनीतिक छलफल हुनेछ। राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोर्‍याउने वा नयाँ उम्मेदवार चयन गर्ने बारे टुंगो लगाउन बैठक बस्न लागेको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराई बताए।

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App