राजनीति

काँग्रेसले जनताको कुरा सुन्ने

नेपाली काँग्रेसले माघ १३ देखि २६ गतेसम्म जनताको कुरा सुन्ने भएको छ।

समुदायमा काँग्रेस अभियान अन्तर्गत ‘समुदायमा जानुहोस्, जनताको कुरा सुन्नुहोस्’ भन्ने नारासहित उसले समुदाय र स्थानीय जनताको अपेक्षा, सुझाव तथा चासो सुन्न लागेको हो।

सेवा प्रवाह, विकास र निर्माण स्तर अभियानको उद्देश्य समुदायमा भइरहेको वास्तविक अभ्यासलाई अवलोकन गर्ने, जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न तत्काल कदम चाल्ने र नीति निर्माणका क्रममा महासमिति बैठकलगायतलाई निर्देशन दिने जनाएको छ। अभियानका लागि जिल्ला स्तरीय केन्द्रीय प्रतिनिधि खटि सकेको जनाउँदै काँग्रेसले केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति, माघ १५ गतेसम्म, सबै (६७४३वटा) वडामा प्रतिनिधि, खटिने र उनीहरूले समन्वय गर्ने काँग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अभियानको पहिलो चरण माघ १६ गते सहिद दिवसमा विशेष कार्यक्रमबाट सुरु हुनेछ जनाउँदै त्यस दिन ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने काँग्रेसले जनाएको छ। सुशील कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते अभियान सकिने काँग्रेसले जनाएको छ।

प्रकाशित: ११ माघ २०८० १०:५५ बिहीबार

नेपाली काँग्रेस