राजनीति

दार्चुलाको सीमा समस्याबारे नेपाल र भारतका अधिकारीबीच छलफल

दार्चुला- दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन्। भारत  को पिथोरागढ मा दुई देशका अधिकारीबीच सीमा बैठक बसिरहेको छ। बैठकमा दार्चुला  को सीमामा भारतबाट हुने एकतर्फी  गतिविधि रोक्न नेपाली पक्षले भारतीय अधिकारीलाई आग्रह गरेको छ।

सीमा बैठकमा नेपाल  सरकार को तर्फबाट  दार्चुला प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र भारत को तर्फबाट  पिथोरागढ जिल्लाका  जिल्लाअधिकारी सि रबिशन्करले नेतृत्व गरेका छने। छलफलमा दुबै देशका सुरक्षा  निकाय को सहभागिता  रहेको छ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०८:०४ सोमबार

दार्चुलाको सीमा समस्याबारे नेपाल भारतका अधिकारीबीच छलफल